वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शेषनारायण पौडेललाई दिइएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई दिएका हुन् ।
विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् । काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।
यस्तै वैदेशिक रोजगार विभाग मातहत रहेको इपीएस शाखाको निर्देशकको जिम्मेवारी पनि पुष्पराज कटवाललाई दिइएको छ । कटवाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सुचना शाखा प्रमुखको जिम्मेवारीमा थिए ।
इपीएस शाखाको निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव सुरेश राउत मन्त्रालय तानिएका छन् ।