सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैदेशिक रोजगार बिभागको महानिर्देशकमा पौडेल

598
shares

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शेषनारायण पौडेललाई दिइएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई दिएका हुन् ।

विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् । काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

पौडेल मन्त्रालयको श्रम सम्बन्ध महाशाखा प्रमुख जिम्मेवारीमा थिए । उनी करिब दुई महिना अघि मन्त्रालयमा सरुवा भएर आएका थिए । पौडेल त्यसभन्दा अघि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मातहतको भुमि व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

यस्तै वैदेशिक रोजगार विभाग मातहत रहेको इपीएस शाखाको निर्देशकको जिम्मेवारी पनि पुष्पराज कटवाललाई दिइएको छ । कटवाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सुचना शाखा प्रमुखको जिम्मेवारीमा थिए ।

इपीएस शाखाको निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव सुरेश राउत मन्त्रालय तानिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports