kumari
stcnepal

दूधको मूल्य वृद्धि, प्रति लिटर रू ८५ रूपैया

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले नै दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ ।

डीडीसीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरी प्रतिलिटर ८५ रुपैयाँ पुर्याएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो ।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

 

footer