kumari
stcnepal

एमसीसी पारित गनॅ फागुन १६ गते सम्मको म्याद अमेरिकाले दियो, सरकार र दलहरू संकटमा

अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न फेब्रुअरी २८ सम्मको समय दिएको छ । नेपालका राजनीतिक दलहरुबीच एमसीसीबारे चर्को मतभेद भइरहेको बेला अमेरिकाले संसदबाट पारित गर्नका लागि अल्टिमेटम नै दिएको हो । अन्यथा एमसीसी फिर्ता हुने अमेरिकाले सन्देश दिएको छ ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै नेपालमा एमसिसी कार्यान्वयन लागि अबको तीन साता निकै महत्वपूर्ण रहेको बताइन्। अब एमसीसीको समय  थप्न नसकिने उनको भनाइ थियो ।
उनले भनिन्, ‘फेब्रुअरी २८ को समय सीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो । हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं।’

एमसीसी सम्झौतामा कुनै परिवर्तन हुन नसक्ने पनि उनको भनाइ छ ।

 

footer