सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी पारित गनॅ फागुन १६ गते सम्मको म्याद अमेरिकाले दियो, सरकार र दलहरू संकटमा

520
shares

अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न फेब्रुअरी २८ सम्मको समय दिएको छ । नेपालका राजनीतिक दलहरुबीच एमसीसीबारे चर्को मतभेद भइरहेको बेला अमेरिकाले संसदबाट पारित गर्नका लागि अल्टिमेटम नै दिएको हो । अन्यथा एमसीसी फिर्ता हुने अमेरिकाले सन्देश दिएको छ ।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै नेपालमा एमसिसी कार्यान्वयन लागि अबको तीन साता निकै महत्वपूर्ण रहेको बताइन्। अब एमसीसीको समय  थप्न नसकिने उनको भनाइ थियो ।
उनले भनिन्, ‘फेब्रुअरी २८ को समय सीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई होइन, पास गर्नलाई हो । हरेक समय सीमा र सम्झौताको अर्थ हुन्छ। अब फेरि ढिला गर्न हामी अर्को बहाना स्वीकार्न सक्दैनौं।’

एमसीसी सम्झौतामा कुनै परिवर्तन हुन नसक्ने पनि उनको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports