kumari
stcnepal

जसपा र काग्रेसका नेताहरू नेकपा एमालेमा प्रवेश

जनता समाजवादी पार्टीका बारा जिल्लाका नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । विहीबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनीहरू पार्टीं प्रवेश गरेका हुन् ।

बारा क्षेत्र नम्बर २ का क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र ठाकुर, पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।उनीहरूलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै मधेशमा पनि एमाले पहिलो शक्ति बन्ने अभियानमा रहेको बताए । यसबीचमा मधेस प्रदेशका धेरै प्रभावशाली व्यक्तिहरू एमाले प्रवेश गरेका छन् भने अध्यक्ष ओली फागुन दोस्रो साता पुनः मधेसमा पार्टी प्रवेश गराउने कार्यक्रम लिएर जाँदैछन् ।
प्रवेश गर्नेमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति तथा कांग्रेस नेता जालान्धर सिंह पनि रहेका एमालेले जनाएको छ ।
footer