kumari
stcnepal

माओवादी केन्द्रको बैठक फेरि अनिश्चितकालका लागि स्थगित

माघ २८ गतेबाट बस्ने तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने बताइएको थियो ।माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा सकस देखिएको छ । महासचिवमा प्रचण्डका विश्वासपात्र मानिने जनार्दन शर्मा र वर्षमानले नै दावी गरेपछि प्रचण्डलाई दुबै नेतालाई मिलाउन सकस देखिएको छ ।
पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो । यस्तै पुस माघ ८ गते पनि बैठक बोलाएर स्थगित भएको थियो ।

 

 

footer