सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको बैठक फेरि अनिश्चितकालका लागि स्थगित

416
shares

माघ २८ गतेबाट बस्ने तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने बताइएको थियो ।माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा सकस देखिएको छ । महासचिवमा प्रचण्डका विश्वासपात्र मानिने जनार्दन शर्मा र वर्षमानले नै दावी गरेपछि प्रचण्डलाई दुबै नेतालाई मिलाउन सकस देखिएको छ ।
पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो । यस्तै पुस माघ ८ गते पनि बैठक बोलाएर स्थगित भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports