kumari
stcnepal

स्वीडेनले सबै प्रकारका प्रतिबन्धहरु हटायो, अब कोरोना परीक्षण पनि नगर्ने

स्वीडेनले कोभिड–१९ विरुद्ध लगाएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । स्वीडेनले महामारीको अन्त्य भएको घोषणा गर्दै कोभिड प्रतिबन्धहरु पूर्णरुपले हटाएको हो । अब कारोना भाइरसलाई समाजको लागि खतराको रुपमा वर्गीकृत नगरिने स्वीडेनकी स्वास्थ्यमन्त्री लेना हेलेनग्रीनले बताइन् । बुधबारदेखि रेस्टुरेन्ट तथा बारहरु पनि पूर्णरुपमा खुलेका छन् भने ग्राहकहरुको संख्यामा पनि कुनै सीमा लगाइएको छैन ।
सुरुवातदेखि नै लक डाउनको विपक्षमा रहँदै आएको स्वीडेन सामान्य अवस्थामा फर्किएको हो । यसअघि डेनमामर्क पनि सबै प्रकारका प्रतिबन्धहरु अन्त्य गरी कोभिड–१९ सुरु हुनु अघिकै अवस्थामा फर्किएको थियो । स्वीडेनले अबदेखि कारोना भाइरसको सामूहिक परीक्षण पनि नगर्ने भएको छ । ठूलो संख्यामा कोभिड परीक्षण धेरै महँगो भएको स्वास्थ्यमन्त्री हेलेनग्रीनले बताइन् । स्वीडेनले सन् २०२२ को पहिलो ५ साताको कोभिड परीक्षणमा प्रत्येक साता ५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको थियो ।

 

 

 

footer