kumari
stcnepal

दाहालको दोहोरो नीति फेरी जनतालाई गुमराहमा राख्ने प्रयास

 

काठमाडौ । अमेरिकी सहयोग नियोग मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाउँदै आएकोमा उनको भूमिकामाथि प्रश्न उठेको छ ।
नेपाली कांग्रेस सुरु देखि नै एमसीसी सम्झौतालाई संसदबाट पारितगर्ने पक्षमा रहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष र कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी हेडक्वाटरलाई गत असोज १३ मा दुवै जनाले हस्ताक्षर गरेर पत्र नै पठाएका थिए ।
उनीहरुले पठाएको पत्रमा यहि फेब्रुअरी १६ अर्थात फागुन १६ गते भित्रै एमसीसी सम्झौतालाई संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएका छन् । एमसीसीले आफूहरुले जनाएको समयभित्रै एमसीसी सम्झौतालाई अनुमोदन गर्न माघ १६गते जवाफ पठाएको छ ।
देउवा र दाहालले हस्ताक्षर गरेरको एमसीसीले पठाएको दुवै पत्र केही दिन अघि अर्थात गत आइतबार २३ गते सार्वजनिक भएका छन् ।
देउवा र दाहालले हस्ताक्षर गरेर पठाएको पत्रमा एमसीसी सम्झौतामा उल्लेख भएका कुनै पनि बुँदामा उनीहरुले असहमति जनाएका छैनन् ।
देशको आर्थिक विकासका लागि एमसीसी अनुदान स्वीकार गर्ने नेपाल सरकारको चाहनाप्रति हामी तपाईलाई विश्वस्त चाहन्छौँ पत्रमा भनिएको छ तर संसदको बहुमतबाट सम्झौता पारित गर्ने वातावरण सुनिश्चित गर्न हामीलाई चार पाँच महिना लाग्नेछ भन्ने उल्लेख गरिएको छ ।
सो सम्झौताका बारेमा नेपाली जनतामा देखिएको भ्रम र असमझदारी चिर्न सरकारी स्रोत संयन्त्रबाट जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि देउवा र दाहालले गरेका छन् ।
यसका लागि सरकारी सञ्चार माध्यमबाट वास्तविक सूचना प्रशारण गरिनेछ भने उनीहरुले भनेका छन् एमसीए नेपाललाई सूचना तथा प्रविधिको बाँकी काम पूरा गर्न प्रोत्साहित गर्ने र त्यसको आधारमा सम्झौता शिघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि उनीहरुले पठाएको पत्रमा गरेका छन् ।
सो सम्झौतालाई छिटो भन्दा छिटो अनुमोदन गर्न सभामुखलाई संयुक्त रुपमा आग्रह गरिने व्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ ।
एमसीसी सम्झौताकै वरिपरि रहेर एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले भाद्र २४ देखि २७ सम्म नेपालको भ्रमण समेत गरेकी थिइन् । त्यसको दुई सातापछि गत असोज १३ गते प्रधानमन्त्री देउवासँगै दाहालले पत्रमा हस्ताक्षर गरेका र सो पत्र एमसीसी मुख्य कार्यालय वासिङ्टन डिसी अमेरिका पठाइएको थियो ।
सो पत्रको जवाफ एमसीसी कार्यवहाक प्रमुख अधिकृत मुदमुद वाहले शुक्रबार माघ ११ मा पठाएका छन् । पत्रमा नेताहरुको आग्रहलाई सम्मान गर्दै आफ्नो प्रतिवद्धता सम्मान गर्न उनीहरुलाई सचेत गराएका छन् ।
यसरी दाहालले हस्ताक्षर गरेका र त्यसको व्यापक विरोध भएपछि अहिले आएर आफ्नो दोहोरो चरित्रको पर्दाफास भएपछि फेरीनिर्वाचन पछिसम्म त्यसलाई थाती राखौँ भन्दै जनतालाई भ्रममा राख्ने प्रयास गरिरहेका हुनाले दाहालको चौतर्फी विरोध भएको छ ।

footer