सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहालको दोहोरो नीति फेरी जनतालाई गुमराहमा राख्ने प्रयास

650
shares

 

काठमाडौ । अमेरिकी सहयोग नियोग मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाउँदै आएकोमा उनको भूमिकामाथि प्रश्न उठेको छ ।
नेपाली कांग्रेस सुरु देखि नै एमसीसी सम्झौतालाई संसदबाट पारितगर्ने पक्षमा रहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष र कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी हेडक्वाटरलाई गत असोज १३ मा दुवै जनाले हस्ताक्षर गरेर पत्र नै पठाएका थिए ।
उनीहरुले पठाएको पत्रमा यहि फेब्रुअरी १६ अर्थात फागुन १६ गते भित्रै एमसीसी सम्झौतालाई संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएका छन् । एमसीसीले आफूहरुले जनाएको समयभित्रै एमसीसी सम्झौतालाई अनुमोदन गर्न माघ १६गते जवाफ पठाएको छ ।
देउवा र दाहालले हस्ताक्षर गरेरको एमसीसीले पठाएको दुवै पत्र केही दिन अघि अर्थात गत आइतबार २३ गते सार्वजनिक भएका छन् ।
देउवा र दाहालले हस्ताक्षर गरेर पठाएको पत्रमा एमसीसी सम्झौतामा उल्लेख भएका कुनै पनि बुँदामा उनीहरुले असहमति जनाएका छैनन् ।
देशको आर्थिक विकासका लागि एमसीसी अनुदान स्वीकार गर्ने नेपाल सरकारको चाहनाप्रति हामी तपाईलाई विश्वस्त चाहन्छौँ पत्रमा भनिएको छ तर संसदको बहुमतबाट सम्झौता पारित गर्ने वातावरण सुनिश्चित गर्न हामीलाई चार पाँच महिना लाग्नेछ भन्ने उल्लेख गरिएको छ ।
सो सम्झौताका बारेमा नेपाली जनतामा देखिएको भ्रम र असमझदारी चिर्न सरकारी स्रोत संयन्त्रबाट जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि देउवा र दाहालले गरेका छन् ।
यसका लागि सरकारी सञ्चार माध्यमबाट वास्तविक सूचना प्रशारण गरिनेछ भने उनीहरुले भनेका छन् एमसीए नेपाललाई सूचना तथा प्रविधिको बाँकी काम पूरा गर्न प्रोत्साहित गर्ने र त्यसको आधारमा सम्झौता शिघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि उनीहरुले पठाएको पत्रमा गरेका छन् ।
सो सम्झौतालाई छिटो भन्दा छिटो अनुमोदन गर्न सभामुखलाई संयुक्त रुपमा आग्रह गरिने व्यहोरा समेत पत्रमा उल्लेख गरिएको छ ।
एमसीसी सम्झौताकै वरिपरि रहेर एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले भाद्र २४ देखि २७ सम्म नेपालको भ्रमण समेत गरेकी थिइन् । त्यसको दुई सातापछि गत असोज १३ गते प्रधानमन्त्री देउवासँगै दाहालले पत्रमा हस्ताक्षर गरेका र सो पत्र एमसीसी मुख्य कार्यालय वासिङ्टन डिसी अमेरिका पठाइएको थियो ।
सो पत्रको जवाफ एमसीसी कार्यवहाक प्रमुख अधिकृत मुदमुद वाहले शुक्रबार माघ ११ मा पठाएका छन् । पत्रमा नेताहरुको आग्रहलाई सम्मान गर्दै आफ्नो प्रतिवद्धता सम्मान गर्न उनीहरुलाई सचेत गराएका छन् ।
यसरी दाहालले हस्ताक्षर गरेका र त्यसको व्यापक विरोध भएपछि अहिले आएर आफ्नो दोहोरो चरित्रको पर्दाफास भएपछि फेरीनिर्वाचन पछिसम्म त्यसलाई थाती राखौँ भन्दै जनतालाई भ्रममा राख्ने प्रयास गरिरहेका हुनाले दाहालको चौतर्फी विरोध भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports