kumari
stcnepal

दोस्रो खेलमा नेपाल युएई सँग २५ रनले पराजित : टी-२० सिरिज

चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएई सँग २५ रनले पराजित भएको छ ।

ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।

यसअघि पहिलो सिरिजमा नेपालले शुक्रबार ओमानलाई पराजित गरेको थियो ।

footer