kumari
stcnepal

मछिन्द्रले च्यासललाई २ गोलले हरायो, मछिन्द्रको ७ अंकको अग्रता

विमल घर्ती मगरको उत्कृष्ट प्रदर्शनमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

यस जितले मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ७ अंकको अग्रता बनाएको छ । हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाव बढेको छ । दशरथ रंगशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।

जारी लिगमा अपराजित रहेको मछिन्द्रले १० खेलबाट २६ अंक जोड्दै उपाधि रक्षा अभियानलाई अझ बलियो बनाएको छ ।दोस्रो स्थानको मनाङको १९ अंक छ र मनाङले शनिबार नै थ्रीस्टारसंग खेल्दैछ । उक्त खेलमा मनाङ पराजित भएमा मछिन्द्रको उपाधि यात्रा अझ सहज बन्नेछ ।

च्यासल भने १० खेलबाट ५ अंकसहित पुछारमा रहेको छ ।

 

 

footer