kumari
stcnepal

प्रधानन्यायाधीश बिरूद्ध संसदमा दताॅ भएको महाअभियोगको जानकारी राष्ट्रपति, सम्बैधानिक परिषद र सर्वोच्च अदालतमा पठाईयो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।

आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो ।

prabhu bank

‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो ।

न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण दर्साउँदै सत्ता गठबन्धनले आइतवार प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन् ।

 

footer