सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीश बिरूद्ध संसदमा दताॅ भएको महाअभियोगको जानकारी राष्ट्रपति, सम्बैधानिक परिषद र सर्वोच्च अदालतमा पठाईयो

520
shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।

आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो ।

prabhu bank

‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो ।

न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण दर्साउँदै सत्ता गठबन्धनले आइतवार प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports