kumari
stcnepal

नेकपा एमालेले अन्य चार जना न्यायाधीश बिरूद्ध पनि महाअभियोगको प्रस्ताव संसदमा लैजाने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चका ४ न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले पनि ४ जना न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न लागेको हो ।

यद्यपि पार्टीको भोली बस्ने संसदीय दलको बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।परमादेशबाट प्रधानमन्त्री बनाउने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको बताइएको छ ।

त्यसका लागि एमालेले आफ्ना सबै सांसदहरुलाई काठमाडौँ बोलाएको छ ।सत्ता पक्षले जबराविरुद्ध दर्ता गरेको महाअभियोगको काउन्टर दिन एमालेले अन्य ४ न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न लागेको बताइएको छ ।

यद्यपि दुवै पक्षसँग दुई तिहाइ बहुमत पुग्दैन ।

 

 

 

footer