सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेले अन्य चार जना न्यायाधीश बिरूद्ध पनि महाअभियोगको प्रस्ताव संसदमा लैजाने

481
shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चका ४ न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले पनि ४ जना न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न लागेको हो ।

यद्यपि पार्टीको भोली बस्ने संसदीय दलको बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।परमादेशबाट प्रधानमन्त्री बनाउने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको बताइएको छ ।

त्यसका लागि एमालेले आफ्ना सबै सांसदहरुलाई काठमाडौँ बोलाएको छ ।सत्ता पक्षले जबराविरुद्ध दर्ता गरेको महाअभियोगको काउन्टर दिन एमालेले अन्य ४ न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न लागेको बताइएको छ ।

यद्यपि दुवै पक्षसँग दुई तिहाइ बहुमत पुग्दैन ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports