kumari
stcnepal

कमल थापाले देखे महाअभियोग बिरूद्ध तिन प्रपञ्च रहेको, थापा महाअभियोगको बिरूद्धमा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले  प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गरे ।

सोमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।पहिलो कारण त एमसिसीमा सत्तासीन नेपाली कांग्रेसको स्वार्थ रहेको बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा माओवादी र समाजवादीको मौन समर्थन रहने सर्तमा महाभियोग प्रस्तावमा राजी भएका हुन् । अर्थात एमसिसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएको तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन् ।
त्यस्तै, थापाले दोस्रो कारणमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन मुद्दा रहेको बताएका छन् ।  द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा  सापकोटालगायत केहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यो मुद्दालाई थापाले  माओवादी स्वार्थ भनेका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेको बताएका थिए । तर, यो विषयमा सभामुखले निकास नदिएपछि सर्वोच्चमा मुद्दा परेको छ । यो विषयमा एकीकृत समाजवादीको स्वार्थ रहेको उनले बताएका छन् ।
थापाले लेखेका छन्, ‘प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले : mcc पास गर्ने (काँग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

 

 

 

footer