kumari
stcnepal

चार थान ढलौटको मूर्ति सहित दुई जना पक्राउ

प्रहरीले चार थान ढलौटको मूर्तिसहित दुईजनालाई काठमाडौंको डल्लु पुल नजिकबाट बुधबार बिहान ३ बजे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-५ सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र गोँसाइकुण्ड नगरपालिका-५ रसुवाका १८ वर्षकै रमेश बागदास छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरूको साथबाट तीन थान गणेशको मूर्ति र एक थान गौतम बुद्धको मूर्ति बरामद गरिएको छ ।

साथै, जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 

footer