विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार थान ढलौटको मूर्ति सहित दुई जना पक्राउ

650
shares

प्रहरीले चार थान ढलौटको मूर्तिसहित दुईजनालाई काठमाडौंको डल्लु पुल नजिकबाट बुधबार बिहान ३ बजे पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-५ सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र गोँसाइकुण्ड नगरपालिका-५ रसुवाका १८ वर्षकै रमेश बागदास छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरूको साथबाट तीन थान गणेशको मूर्ति र एक थान गौतम बुद्धको मूर्ति बरामद गरिएको छ ।

साथै, जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports