kumari
stcnepal

कमल थापा औपचारिक रूपमै अध्यक्ष भए राप्रपा नेपालको

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापा बनेको विवरण अध्यावधिक गरेको छ ।

पार्टीले थापा अध्यक्ष रहेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा दिएको निवेदन सदर गर्दै आयोगले उक्त विवरण अद्यावधिक गरेको हो । आयोगले पार्टीलाई हिजो बिहीबार पठाएको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङले राजीनामा दिएको र नयाँ अध्यक्ष कमल थापा भएको पत्र प्राप्त भएको जनाएको छ ।

पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरी अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिएका छन् ।

आयोगले पठाएको पत्र बिहीबार नै पार्टीको केन्द्रीय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापासमक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।

footer