विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापा औपचारिक रूपमै अध्यक्ष भए राप्रपा नेपालको

520
shares

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापा बनेको विवरण अध्यावधिक गरेको छ ।

पार्टीले थापा अध्यक्ष रहेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा दिएको निवेदन सदर गर्दै आयोगले उक्त विवरण अद्यावधिक गरेको हो । आयोगले पार्टीलाई हिजो बिहीबार पठाएको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङले राजीनामा दिएको र नयाँ अध्यक्ष कमल थापा भएको पत्र प्राप्त भएको जनाएको छ ।

पत्रमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरी अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिएका छन् ।

आयोगले पठाएको पत्र बिहीबार नै पार्टीको केन्द्रीय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापासमक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports