kumari
stcnepal

पूर्वराजा द्वारा प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

काठमाडौ । प्रजातन्त्र दिवसको सन्दर्भमा हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पुज्य जिजूवूवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैैको स्मरण गर्न चाहन्छौं । आज एक विज्ञप्ति जारी पूर्वराजा ज्ञानेन्द्र शाहले सो कूरा बताउनुभएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ – जनता द्वारा शुजनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहि आएका छन्, रहिरहने छन् । प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पु¥याएको र जनतालाई निराशाको दहमा डुबाउंदै लगेको महशुस हुँंदै आएको छ । यसो हूनूमा नेतृत्वको मात्रदोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हूनूपर्दछ ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनूदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको आसमान मूनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हून सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नू प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेश बाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नू पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हूंदैन । त्यो स्वतः स्फूर्त एवं लोक सम्मत हून्छ रहूनूपर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पू¥याईरहेको छ, विचारणीय प्रश्न छ ।’

footer