सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा द्वारा प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

507
shares

काठमाडौ । प्रजातन्त्र दिवसको सन्दर्भमा हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पुज्य जिजूवूवा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैैको स्मरण गर्न चाहन्छौं । आज एक विज्ञप्ति जारी पूर्वराजा ज्ञानेन्द्र शाहले सो कूरा बताउनुभएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ – जनता द्वारा शुजनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहि आएका छन्, रहिरहने छन् । प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पु¥याएको र जनतालाई निराशाको दहमा डुबाउंदै लगेको महशुस हुँंदै आएको छ । यसो हूनूमा नेतृत्वको मात्रदोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हूनूपर्दछ ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनूदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको आसमान मूनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हून सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नू प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेश बाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नू पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हूंदैन । त्यो स्वतः स्फूर्त एवं लोक सम्मत हून्छ रहूनूपर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पू¥याईरहेको छ, विचारणीय प्रश्न छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports