kumari
stcnepal

एमसीसी टेवल गर्दा रोष्ट्रममै पुगेर विरोधमा उत्रिए झलनाथ खनाल

 

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दा सत्तारुढ दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।
एमाले सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।

कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरे ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुर्सीमा बसिरहे, उनीसँगै रहेका कृष्णहादुर महराले उभिएर विरोध गरे ।

गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध गरे । एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोष्ट्रममै पुगेर नाराबाजी गरे भने केहीले उठेर विरोध गरेका थिए ।

 

footer