विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी टेवल गर्दा रोष्ट्रममै पुगेर विरोधमा उत्रिए झलनाथ खनाल

624
shares

 

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दा सत्तारुढ दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।
एमाले सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।

कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरे ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुर्सीमा बसिरहे, उनीसँगै रहेका कृष्णहादुर महराले उभिएर विरोध गरे ।

गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध गरे । एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोष्ट्रममै पुगेर नाराबाजी गरे भने केहीले उठेर विरोध गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports