kumari
stcnepal

प्रधानमन्त्री र माधव नेपाल बीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता सकिएको छ । धनगढी बाट आएर सोझै बालुवाटार पुग्नुभएका नेपालले पछिल्लो राजनीतिक परिस्थिति र संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन बारे छलफल गर्नुभएको हो ।

भेटको लागि अध्यक्ष नेपाल त्यहाँ पुग्नुभएको हो । पार्टी कामको सिलसिलामा धनगढी पुग्नुभएको उहाँ विमानस्थल बाट सोझै बालुवाटार जानुभएको हो । नेपालले प्रधानमन्त्रीलाई एमसीसी जस्ताको तस्तै हतारमा पारित गर्ने तिर नजान सल्लाह दिनुभएको स्रोतले बताएको छ।

 

 

footer