kumari
stcnepal

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

प्रहरीले काठमाडौं र ललितपुर बाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजार स्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाईट स्थित बिनोद श्रेष्ठको ब्याडमिन्टन कोर्ट भित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

 

 

footer