प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

676
shares

प्रहरीले काठमाडौं र ललितपुर बाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजार स्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाईट स्थित बिनोद श्रेष्ठको ब्याडमिन्टन कोर्ट भित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर बाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports