kumari
stcnepal

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मनोनीत गरे १६ पदाधिकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बुधबार १६ केन्द्रीय पदाधिकारी मनोनयन गरेका छन् ।

राप्रपाका प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले ६ उपाध्यक्ष, चार महामन्त्री र ६ सहायक महामन्त्री मनोनयन गरेका हुन् । मनोनित उपाध्यक्षमा राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रकुमार वीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ छन् । महामन्त्री पदमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार, राजाराम बर्तौला छन् ।

त्यस्तै, ६ सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिकाप्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादव रहेका छन् ।

 

 

 

footer