kumari
stcnepal

ब्याख्यत्मक घोषणामा हामीले भनेकै कुरा छन, एमसीसी सम्झौतामा भएका बुँदाहरुमा कुनै संशोधन हुदैन : अमेरिकी राजदूत

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसी बारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यै देखि भन्दै आएका विषय समेटिएको बताएका छन् । आज गृहमन्त्री बालकृष्ण खाण सँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिले देखि भन्दै आएको विषयलाई घोषणामा समेटिएको बताएका हुन् ।

‘एमसीसी बारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणा बारे हामी पहिल्यै देखि जानकार थियौं । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकी राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिएका छन् । उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे । गृह मन्त्रालयमा भएको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए । एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हिजो धन्यवाद दिएको राजदूत बेरीले प्रष्ट पारे।

गृहमन्त्री खाँणले नेपाल र अमेरिका बीच अहिले सम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए । भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

 

footer