सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्याख्यत्मक घोषणामा हामीले भनेकै कुरा छन, एमसीसी सम्झौतामा भएका बुँदाहरुमा कुनै संशोधन हुदैन : अमेरिकी राजदूत

364
shares

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसी बारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यै देखि भन्दै आएका विषय समेटिएको बताएका छन् । आज गृहमन्त्री बालकृष्ण खाण सँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिले देखि भन्दै आएको विषयलाई घोषणामा समेटिएको बताएका हुन् ।

‘एमसीसी बारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणा बारे हामी पहिल्यै देखि जानकार थियौं । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीले भने ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकी राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिएका छन् । उनले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गरे । गृह मन्त्रालयमा भएको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए । एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हिजो धन्यवाद दिएको राजदूत बेरीले प्रष्ट पारे।

गृहमन्त्री खाँणले नेपाल र अमेरिका बीच अहिले सम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताए । भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।

गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports