kumari
stcnepal

राप्रपाका नेता गणेश शेरचनको निधन

राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

मधुमेह र मिर्गौलाको समस्या बाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासक समेत थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधन बाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् । यसैगरी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधन बाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् । शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।

 

 

footer