सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका नेता गणेश शेरचनको निधन

442
shares

राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

मधुमेह र मिर्गौलाको समस्या बाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासक समेत थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधन बाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् । यसैगरी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधन बाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् । शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports