kumari
stcnepal

प्रधानमन्त्री देउवा चैत्र तेस्रो साता श्रीलंका जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।

श्रीलंकाले चैत १६ गते बाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यस तर्फ जान लागेका हुन् । ‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने ।

बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य छन् । सम्मेलनमा सातवटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

 

 

 

footer