सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवा चैत्र तेस्रो साता श्रीलंका जाने

416
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् ।

श्रीलंकाले चैत १६ गते बाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यस तर्फ जान लागेका हुन् । ‘मार्च ३० मा श्रीलंकामा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्रीज्यू र म सहभागी हुँदैछौं,’ परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने ।

बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य छन् । सम्मेलनमा सातवटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports