kumari
stcnepal

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोली बस्ने

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि र पर्सि काठमाडौमा बस्ने भएको छ । बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा भोलि बिहान ११ बजे देखि बैठक शुरु हुने बताइएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, आगामी निर्वाचन, गठबन्धनको भविश्य, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा निर्धारण गर्न हिजो पोलिटब्युरो बैठक बसेको थियो ।

समाजवादीको केन्द्रीय प्रचार विभागले बैठकको समाचार संकलन तथा सम्प्रेषणका निम्ति पत्रकारहरुलाई आग्रह समेत गरेको छ । जसका लागि विभागले बैठक स्थलमै रहेर सहजीकरण गर्ने पार्टीले जनाएको छ ।

 

 

footer