kumari
stcnepal

दाहालको धम्की अब कांग्रेसको अपमान सहिदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै पनि चुनाव लड्न सक्षम भएको बताएका छन् ।

माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुको अभिव्यक्ति प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताए । कांग्रेस नेताहरुको अभिव्यक्ति प्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ । कांग्रेसको प्रत्यक्ष तर्फ हाम्रो भन्दा १० सिट कम हो । तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ । अहिले हामीलाई नै अपमान गर्ने ? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए ।आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन कायमै राख्नेबारे लचिलो छन् । तर, महामन्त्री गगन थापा, नेताहरु शेखर कोइराला लगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् ।

footer