kumari
stcnepal

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

बिहीबार बसेको न्याय परिषदको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अब श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाइने छ भने कुँवरलाई अब कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।

संसदीय सुनुवाइ समिति बाट नाम अनुमोदन भएमा तिलप्रसाद श्रेष्ठ २०८३ भदौ १३ गते सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् ।

footer