kumari
stcnepal

ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्ने लगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने समेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको मन्त्री खतिवडाको भनाइ छ ।

 

 

footer