तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय

364
shares

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्ने लगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने समेत निर्णय भएको मन्त्री खतिवडाले बताए ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको मन्त्री खतिवडाको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports