kumari
stcnepal

सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पतालको शिलान्याश

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । नगरपालिकाको वडा नंं ६ तेनुहवामा एक बिघा २ कठ््ठा जग्गामा अस्पताल बन्न लागेको हो । २०८० साल माघ भित्र अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले बताए ।

१७ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने अस्पताल भवनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्याश गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले यो अस्पतालले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई समेत सेवा दिने भएकाले वजेट अभाव हुन नदिने र निर्धारित मितिमै निर्माण सम्पन्न हुने बताए । अर्को प्रसंगमा गृहमन्त्री खाँणले एमसीसी पारित भए पछि अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत बनेको दावी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्धलाई विश्वसनीय बनाउन प्रधानमन्त्री पद गठबन्धनका दललाई छोड्न तयार रहेर एमसीसीमा दृढ अडान लिएको गृहमन्त्री खाँणले खुलासा गरे ।

 

 

footer