सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पतालको शिलान्याश

403
shares

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । नगरपालिकाको वडा नंं ६ तेनुहवामा एक बिघा २ कठ््ठा जग्गामा अस्पताल बन्न लागेको हो । २०८० साल माघ भित्र अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले बताए ।

१७ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने अस्पताल भवनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्याश गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले यो अस्पतालले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई समेत सेवा दिने भएकाले वजेट अभाव हुन नदिने र निर्धारित मितिमै निर्माण सम्पन्न हुने बताए । अर्को प्रसंगमा गृहमन्त्री खाँणले एमसीसी पारित भए पछि अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत बनेको दावी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्धलाई विश्वसनीय बनाउन प्रधानमन्त्री पद गठबन्धनका दललाई छोड्न तयार रहेर एमसीसीमा दृढ अडान लिएको गृहमन्त्री खाँणले खुलासा गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports