kumari
stcnepal

चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र

चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिना पछि एकै दिनमा दर्ज भएको सबै भन्दा बढी हो । संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ ।

विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोड भन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाख भन्दा बढीले ज्यान गुमाएका छन् ।

 

footer