kumari
stcnepal

बैंकिङ कसूर मुद्दामा फरार काठमाडौं बाट पक्राउ

बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका- १ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दु:ख दिएको प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले आइतबार काठमाडौं बाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले गत मंसिर १४ गते ९ लाख जरिवाना र दुई दिन कैद सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदात काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

footer