kumari
stcnepal

आज थप ५८ जनामा कोरोना सङ्क्रमण

देशभर थप ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधि बाट ५० तथा एन्टिजेन विधि बाट ८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४८ जना सङ्क्रमणमु क्त भएका छन् । नेपालमा कूल सङ्क्रमित मध्ये ९ लाख ६१ हजार २१८ जना सङ्क्रमण मुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८१९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा थप ९२ हजार ४८ जनाले खोप पनि लगाएका छन् । कोरोना सङ्क्रमण बाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । हालसम्म ११ हजार ९५० जनाको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ ।

 

 

footer