kumari
stcnepal

लागूऔषध नाइट्राभेट सहित दुई जना पक्राउ

प्रहरीले ९०० पिस (६०फाइल) लागूऔषध नाइट्राभेट १० सहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१३ टंकेश्वर स्थित खडक खण्डमा महानगरीय प्रहरी वृत्त कालिमाटीले चेक जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्‍दै आएका २० वर्षीया अनिश थापा मगर र भारतको उत्तर प्रदेश महाराजगञ्‍जबरमा भोजका १९ वर्षीय अजय गौतम रहेका छन् ।

पक्राउ परेका उनीहरु माथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटी बाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

footer