kumari
stcnepal

एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु

सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु भएको छ । अधिवेशन अन्तर्गत बुधबार बिहान आठ बजेदेखि मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।

गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले दैलेखको अध्यक्षका लागि निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको थियो ।

‘सहमति जुट्न सकेन, अब निर्वाचन बाटै नेतृत्वको टुंगो लगाइने भएको छ, बिहानै देखि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ,’ अध्यक्ष शाहले भने । अधिकांश स्थानीय तहबाट भूगोल तर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या ७२१ रहेको छ ।

अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो ।

 

 

footer