सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु

390
shares

सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन पुनः सुरु भएको छ । अधिवेशन अन्तर्गत बुधबार बिहान आठ बजेदेखि मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।

गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले दैलेखको अध्यक्षका लागि निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली मंगलबार नै सार्वजनिक भइसकेको थियो ।

‘सहमति जुट्न सकेन, अब निर्वाचन बाटै नेतृत्वको टुंगो लगाइने भएको छ, बिहानै देखि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ,’ अध्यक्ष शाहले भने । अधिकांश स्थानीय तहबाट भूगोल तर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या ७२१ रहेको छ ।

अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports