kumari
stcnepal

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मत मध्ये अहिले सम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत शाहले  जानकारी दिए ।

गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन् ।

सचिवमा युवा नेता रुद्र शाहीको १२९ मत रहेको छ भने उनका प्रत्यासी तिलक प्रसाद रिजालको रिजाल १६६ मत रहेको निर्वाचन अधिकृत शाहले जानकारी दिए । अपरान्ह चार बजे देखि सुरु भएको मतगणना साँझ १० बजे सम्म सकिने उनको भनाइ छ।

 

 

footer